विभागीय टोली पुलिस क्लब ११२ रनमा अलआउट

राम्रो अनलाइन     ०४ माघ २०७७, आइतबार
विभागीय टोली पुलिस क्लब ११२ रनमा अलआउट

काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत बागमती प्रदेशविरुद्ध विभागीय टोली नेपाल पुलिस क्लब ११२ रनमा अलआउट भएको छ । बागमतीका बलरसामु कुनै पनि ब्याट्स्म्यान टिक्न नसक्दा पुलिस सस्तैमा समेटिएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले २९.३ ओभरमा अलआउट हुँदै मात्र ११२ रन बनाएको छ । उसका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१÷२१ रन बनाए । त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले पनि समान १७÷१७ रन जोडे । अन्य ब्याट्समेन भने दोहोरो अंकको स्कोर नबनाई पेभिलियन फर्किए । 

पुलिसलाई रोक्न बागमती तिलक भण्डारी र नन्दन यादवले धारिलो बलिङ गरेका छन् ।

तिलकले ७.३ ओभर बलिङ गर्दै ४ विकेट लिए । उनले १ मेडन राखे । त्यस्तै नन्दनले पनि ४ विकेट हात पारे । उनले ९ ओभर बलिङ गर्दै १ मेडन समेत राखे । यसैगरी रामनरेश गिरीले २ विकेट लिए ।

बागमतीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
 

प्रतिक्रिया