पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

राम्रो अनलाइन     १८ चैत २०८०, आइतबार
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध


लमजुङ–पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए। पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया