निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

राम्रो अनलाइन     ०५ चैत २०८०, सोमबार
निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते


बागलुङ–बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया