संसद भवन परिसरबाट पक्राउ परे लघुवित्तका ऋणीहरू

राम्रो अनलाइन     १४ फागुन २०८०, सोमबार
संसद भवन परिसरबाट पक्राउ परे लघुवित्तका ऋणीहरू

 काठमाडौ–  नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो उनीहरू संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्। 

लघुवित्त पीडितहरू काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र प्रवेश गरेर नाराबाजी गरेका थिए। 

कम्तिमा २० जना लघुवित्त ऋणीहरूलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । जबरजस्ती संसद् भवन प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।

प्रतिक्रिया