कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख १० हजार नाघ्यो

एजेन्सी     ०३ माघ २०७७, शनिबार
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख १० हजार नाघ्यो

विश्वभर २० लाख १० हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार २० लाख १० हजार ७ सय संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या न्यून हुँदै गएपनि खास नियन्त्रण भने हुन सकेको छैन । 

सबभन्दा बढी कोरोना संक्रमित रहेका अमेरिकामा हालसम्म २ करोड ३५ लाख ३२ हजार बढी मानिस संक्रमित भइसकेका छन् । जसमध्ये ३ लाख ९२ हजार १२८ को ज्यान गइसकेको छ ।

संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा १ करोड ५ लाख ४२ हजार बढी संक्रमित रहेका छन् । जसमध्ये १ लाख ५२ हजार ९३ जनाले ज्यान गुमाएका छन् । अहिले भारतमा प्रत्येक दिन संक्रमित संख्या न्यून हुँदै गइरहेको छ । 

संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा रहेको ब्राजिल मृतक संख्याको आधारमा भने दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा ८३ लाख ९३ हजार मानिस संक्रमित हुँदा २ लाख ८ हजार २४६ को मृत्यु भइसकेको छ ।

यसैगरी बेलायतमा ८७ हजार ४४८ को मृत्यु भएको छ भने रुसमा ६४ हजार १३४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पछिल्लो समय नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि संक्रमण तीव्र रूपमा फैलिरहेको छ । जसलाई नियन्त्रण गर्न लकडाउन जारी गरिएको छ ।

स्न २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट फैलिन सुरु भएको भाइरसविरुद्ध विभिन्न देशहरूले खोप विकास गरिसकेका छन् । हाल थुप्रै मुलुकले यसविरुद्धको खोप अभियान चलाइरहेका छन् ।
 

प्रतिक्रिया