‘श्रमजीवी पत्रकारहरू तलब नपाएर सडकमा छन्, सरकारको ध्यान जाओस्’ 

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
‘श्रमजीवी पत्रकारहरू तलब नपाएर सडकमा छन्, सरकारको ध्यान जाओस्’ 

काठमाडौँ– आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्।

‘श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय अहिले मिडिया हाउसबाट सडकसम्म पुगेको छ। प्रजातन्त्रको बहाली, पुनःस्थापना मात्र होइन, सुशासन, पारदर्शिता तथा आम मानिसलाई सुसूचित गर्नमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सञ्चार जगत र श्रमजीवी पत्रकारहरू आज विषम परिस्थितिबाट गुज्रिइरहेका छन्,’ उनले भने।

उनी भन्छन्–  ‘यो समस्या बेलैमा हल हुन सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार जगतमा कार्यरत श्रमजीवी पत्रकारहरूले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइनरु सञ्चारमाध्यमकै विषय उठाएकोले यो कुरा सञ्चारमाध्यममा त त्यति नआउला तर सरकारको ध्यान जाओस्,’।

प्रतिक्रिया