काठमाडौं– साताको पाचौँ दिन (बिहीबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज (बिहीबार) भने १ लाख १८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४०० रुपैयाँ कायम भएको छ ।