पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

राम्रो अनलाइन     ०७ फागुन २०८०, सोमबार
पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ–  पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ का टिपर चालक २४ वर्षीय प्रदीप कुमाल र सहचालक  १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनास्थलमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया