काठमाडौँ– ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा आज सुरु हुँदै छ । परीक्षामा १ लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् ।
पहिलो चरणको परीक्षा चैत २४ सम्म हुने छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँच वटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत् परीक्षा लिन थालेको हो ।
१ लाख ६३ हजार भन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिए पनि करिब १६ हजारमात्र छनोट हुने छन् । सीप बिल्डिङतर्फका परीक्षार्थीसमेत उत्पादनमूलक क्षेत्रमा सहभागी हुने व्यवस्था भएपछि परीक्षार्थीको सङ्ख्या बढेको हो ।