सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

राम्रो अनलाइन     ०३ फागुन २०८०, बिहिबार
सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौँ– सर्वोत्तम सिमेन्टले यही फागुन १३ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।


 

प्रतिक्रिया