क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप

राम्रो अनलाइन     २९ माघ २०८०, सोमबार
क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप

काठमाडौँ– क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।

यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई  ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप  गरेको हो।  नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो।

प्रतिक्रिया