काठमाडौँ– नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्यूइएएन) बीच सहकार्य गर्ने सहमति भएको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीबीच सहकार्य गर्ने सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ।
अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र मुद्दामा मिलेर काम गर्ने निर्णय भएको जानकारी दिए।
नेपाल महिला उद्यमी महासंघसँग निकै उपयोगी अन्तरक्रिया भएको र उनीहरूको काम र वकालतले स्वदेश तथा विदेशमा महिला उद्यमीको सञ्जाल विस्तार भइरहेको आफूले पाएको राजदूत हास्मीले उल्लेख गरेका छन्।