घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार सुनको मूल्य तोलामा चार  सय घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ४०० रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार एक लाख १८ हजार ४ सय रुपैयाँमा छापावाल, एक लाख लाख १७ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया