न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

राम्रो अनलाइन     २९ पुस २०८०, आइतबार
न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले  सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

काठमाडौँ– न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छिन् । गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। 

पक्राउ परेका भुवन गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। 

प्रतिक्रिया