बंगलादेश चुनाव : ४० प्रतिशत मात्र मत खस्यो

राम्रो अनलाइन     २२ पुस २०८०, आइतबार
बंगलादेश चुनाव : ४० प्रतिशत मात्र मत खस्यो


काठमाडौं– बंगलादेशमा भएको आम निर्वाचनमा करिव ४० प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । २९९ सिटमा आइतबार मतदान भएको थियो । तर प्रमुख विपक्षी पार्टी बगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिस्कार गर्दै २८ घण्टे हड्ताल आह्वान गरेको थियो । कडा सुरक्षाका बीच भएको निर्वाचनका क्रममा कतिपय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

निर्वाचन आयोगका अनुसार सुरुवाती ७ घन्टा ९बिहान ८ बजेदेखि ३ बजेसम्म० २७ प्रतिशत मत खसेको थियो । ४ बजे मतदान बन्द भएको छ । ढाकास्थित निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त खाजी हबीबुल अवालले भने करिव ४० प्रतिशत मत खसेको बताएका द डेल्ली स्टारले जनाएको छ । मतगणना पनि सुरु भएको छ । भोलि सोमबार बिहानसम्म नजिता आइसक्ने बताइएको छ ।

प्रतिक्रिया