युक्रेन र रसियाका लागि श्रम स्वीकृति दिन रोक

राम्रो अनलाइन     १९ पुस २०८०, बिहिबार
युक्रेन र रसियाका लागि श्रम स्वीकृति दिन रोक

काठमाडौँ– सरकारले युद्धग्रस्त मुलुकहरू युक्रेन र रसियामा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको छ । 

युद्धको क्रममा रुसी सेनामा कार्यरत ९ जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् । भने केही सम्पर्कविहीन बनेका छन् । 

प्रतिक्रिया