काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।
समितिका सभापति रामहरि खतिवडाले ‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, निर्णय भएको बताएका छन् ।