‘दिमाग खराब’को सिक्वेल २०८३ सालको दशैंमा

राम्रो अनलाइन     १५ पुस २०८०, आइतबार
‘दिमाग खराब’को सिक्वेल २०८३ सालको दशैंमा

काठमाडौँ– निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’ को सिक्वेल निर्माण घोषणा गरेका छन्। ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको छ । फिल्मले ५१ दिन मनाएको खुशीयाली साट्न आयोजित कार्यक्रममा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल निर्माणको घोषणा गरेका हुन् । 

कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ । निश्चलका अनुसार, वि.सं २०८३ सालको दशैंमा यो फिल्मको सिक्वेलको रिलिज गरिनेछ । ‘दिमाग खराब’ ले १० करोडबढी कमाइ गरेको निर्माण टिमले बताएका छन्। 

प्रतिक्रिया