सुनको मूल्य अहिलेसम्मकै उच्च

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
सुनको मूल्य अहिलेसम्मकै उच्च

 

काठमाडाैं – नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया