काठमाडौं– ‘महापुरुष’, ‘आमा’ र ‘गोपी’ले सिने सर्कल अवार्डमा सर्वश्रेष्ठ फिल्मको पुरस्कार जितेका छन् । शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयीलाई अवार्ड प्रदान गरे ।
एकल पुरुषको कथा पेश गर्ने ‘महापुरुष’ले सन् २०७९ को सर्वश्रेष्ठ फिल्मको अवार्ड जित्दा ‘आमा’ले २०७८ र ‘गोपी’ले २०७७ सालको लागि उत्कृष्ट फिल्मको ट्रफी उचाले । कोरोना महामारीले प्रभावित भएपछि तीनवर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । सिनेमा सर्कल नेपालले आयोजना गरेको अवार्डमा यसपटक पोस्टर, ब्याकग्राउण्ड म्युजिक र भीएफएक्स विधालाई अवार्ड प्रदान गरिएन । अवार्ड प्रदान गर्दै उपराष्ट्रपति यादवले विजयीलाई शुभकामना समेत दिए । थुनामुक्त भएपछि अभिनेता पल शाहको यो पहिलो फिल्म कार्यक्रम हो । सर्वश्रेष्ठको कपलको अवार्ड लिन उनी मञ्चमा को(एक्टर पूजा शर्मासँगै पुगेका थिए ।
विजयी सूची
सर्वश्रेष्ठ फिल्मः
महापुरुष (२०७९)
आमा (२०७८)
गोपी (२०७७)
सर्वश्रेष्ठ निर्देशकः
प्रदीप भट्टराई–महापुरुष (२०७९)
दीपेन्द्र के खनाल–आमा (२०७८)
दीपेन्द्र लामा –गोपी (२०७७)
सर्वश्रेष्ठ अभिनेत्रीः
केकी अधिकारी –झिंगेदाउ (२०७९)
सुरक्षा पन्त –आमा (२०७८)
स्वस्तिमा खड्का– बुलबुल (२०७७)
सर्वश्रेष्ठ अभिनेताः
हरिवंश आचार्य –महापुरुष (२०७९)
दयाहाङ राई –कबड्डी ३ (२०७८)
बिपिन कार्की– गोपी (२०७७)
सर्वश्रेष्ठ पटकथाः
प्रदीप भट्टराई–महापुरुष (२०७९)
दीपेन्द्र के खनाल –आमा (२०७८)
दीपेन्द्र लामारसामिप्य तिमल्सिना–गोपी (२०७७)
सर्वश्रेष्ठ छायांकनः
विष्णु कल्पित –झिंगेदाउ (२०७९)
म यस्तो गीत गाउँछु –सौरभ लाभा (२०७८)
मानकृष्ण महर्जन –छिरिङ (२०७७)
सर्वश्रेष्ठ सम्पादन
प्रेमगीत ३ –बनिश शाह र भूपेन्द्र अधिकारी
सर्वश्रेष्ठ स्क्रिन कपलः
धीरज मगर र अदिती बुढाथोकी–बाबरी (२०७९)
पल शाह र पूजा शर्मा (म यस्तो गीत गाउँछु (२०७८)
सर्वश्रेष्ठ संगीत निर्देशकः
दीपक शर्मा (दर्शन सलाम (छक्कापञ्जा ४)
सर्वश्रेष्ठ गीतकारः
राजेश श्रेष्ठ– प्रेमगीत ३
सर्वश्रेष्ठ पाश्र्वगायिकाः
अस्मिता अधिकारी –बाबरी रंगमा (बाबरी)
सर्वश्रेष्ठ पाश्र्वगायकः
रामकृष्ण ढकाल (हिजोआजका कुरा)
सर्वश्रेष्ठ नृत्य निर्देशकः
कविराज गहतराज (छक्कापञ्जा ४)
सर्वश्रेष्ठ एक्सन निर्देशकः
रोशन श्रेष्ठ (नालापानी)
सर्वश्रेष्ठ स्टन्टः
विश्व घिसिङ (लाखे)
सर्वश्रेष्ठ ट्रेलरः
जीवन थापा (प्रकाश)
क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड)
प्रदीप खड्का (प्रकाश)
क्रिटिक्स (सर्वश्रेष्ठ पर्फमेन्स अवार्ड)
दीया मास्के (प्रकाश)
ट्रेन्डसेटर अवार्डः
दीपकराज गिरी र दीपाश्री निरौला
सन्तोष सेन
निश्चल बस्नेत
लाइफटाइम अचिभमेन्ट अवार्डः
सन्तु तामाङ
कूलबहादुर महत