काठमाडौं । साताको पाचौँ दिन (बिहीबार) सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी बिहीबार १४५५ रुपैयाँ कायम भएको हो ।