प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

काठमाडौं – प्रतिनिधिसभाको बैठक मंगलबार (जेठ २६) का लागि सारिएको छ । सोमबार बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित गरिएको थियो । 

विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय परिवर्तन गरिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै अब बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएका हुन् ।

प्रतिक्रिया