पल शाहलाई पक्राउ गर्न देशभर खोज्दै प्रहरी

राम्रो अनलाइन     १४ फागुन २०७८, शनिबार
पल शाहलाई पक्राउ गर्न देशभर खोज्दै प्रहरी

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि पल शाहलाई पक्राउ गर्न देशभर खोजी भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन देशभर प्रहरी कार्यालयलाई सर्कुलर गरिएको हो।

सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन भई हाल काठमाडौँ–१० नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं। ३२ को पूर्ण विक्रम साह (पल शाह) उल्लेख छ।

पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा तीव्र रुपमा भइरहेको छ । 

प्रतिक्रिया