खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण

राम्रो अनलाइन     १७ फागुन २०८२, आइतबार
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण

एजेन्सी– पाकिस्तानको कराँचीस्थित अमेरिकी दूतावास नजिक अमेरिकाविरुद्ध आन्दोलनका क्रममा ९ जना मारिएका छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी दूतावासबाहिर आन्दोलन गरेका थिए । 

आन्दोलनमा दूतावासमा ढुंगामुडा गर्नुका साथै आगलागी र दूतावासभित्र छिर्न खोजेपछि दूतावास सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना मारिएका हुन् । 

पाकिस्तानी समाचार संस्था डन ले सुरक्षाकर्मीको गोली लागेर ९ जना मारिएको र दर्जनौं बढी घाइते भएको उल्लेख गरेको छ । प्रहरीले भीडलाई तितरवितर पारेको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया