इटालियन स्पिनरसामु नेपाली ब्याटिङ स्तब्ध, १२४ रनको झिनो लक्ष्य दियो

राम्रो अनलाइन     २९ माघ २०८२, बिहिबार
इटालियन स्पिनरसामु नेपाली ब्याटिङ स्तब्ध, १२४ रनको झिनो लक्ष्य दियो

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ मा समूह चरण अन्तर्गत दोस्रो खेलमा नेपालको ब्याटिङ पूरै तरिकाले स्तब्ध भएको छ । 

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२३ रनमै समेटियो । 

कुनै पनि नेपाली ब्याटरले इटालियन स्पिनरसामु रन बनाउन सकेनन् । एक पछि अर्को गर्दै विकेट खसेपछि नेपाली टिम मध्यम स्कोर बनाउनबाटसमेत चुकेको छ । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । कप्तान रोहित पौडेलले २३, आशिफ शेखले  २०, दीपेन्द्र सिंह ऐरीले १७ र करण केसीले अविजित १८ रन जोडे । सन्दीप लामिछाने ५, कुशल भुर्तेल ५, लोकेश बम ३, गुल्शन झा ३, नन्दन यादव र ललित राजवंशी शून्य रनमा रनआउट भए ।

बलिङतर्फ इटालीका क्रिशन कलुगमगेले चार ओभरमा १८ रन दिँदै ३ विकेट लिए । यस्तै बेन मन्टेनीले ४ ओभरमा मात्र ९ रन खर्चिँदै २, जजे स्मट्स, अली हसन र जसप्रित सिंहले १र१ विकेट लिए । 

समूह चरणमा पहिलो खेल हारेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । अघिल्लो चरण पार गर्नका लागि इटालीका लागिसमेत महत्त्वपूर्ण रहेको छ । 

प्रतिक्रिया