भरुवा बन्दुकसहित दुईजना पक्राउ

राम्रो अनलाइन     ०६ फागुन २०८२, बुधबार
भरुवा बन्दुकसहित दुईजना पक्राउ

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ बाट दुईथान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा देवघाट–४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनएको छ । 

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । 

ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए । निजहरूका साथबाट बारुदजस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया