कुलमान घिसिङले काठमाडौं- ३ बाट दर्ता गराए उम्मेदवारी

राम्रो अनलाइन     ०६ माघ २०८२, मङ्गलबार

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कुलमान ऊर्जामन्त्री बनेका थिए । उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया