काठमाडाैं– नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोएल्सले काठमाडौं गोर्खाजसामू १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि हरमित सिंहले विष्फोटक पारी खेले। हरमितले मात्र १९ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ५३ रनको योगदान गरे
७२ रन जोड्दा ६ विकेट गुमाएको स्थिति सम्हाल्दै हरमितले कप्तान दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि ६१ रनको साझेदारी गरे। ऐरी ३९ रनमा रसिद खानको बलमा क्याच आउट भए।