काठमाडौँ–सर्वोच्च अदालतले डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेशलाई सदर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले आज सर्वोच्च अदालत प्रशासनले दरपीठ आदेश सदर गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री प्रा डा पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै गभर्नर नियुक्त नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपीठ भएको थियो ।
