आगलागीका कारण रु ११ लाख बराबरको क्षति

राम्रो अनलाइन     ०७ जेठ २०८२, मङ्गलबार
आगलागीका कारण रु ११ लाख बराबरको क्षति फाइल तस्विर

सुरुङ्गा– झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो । 
 
विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो । 
 
कल्भर्टबाट लडेर मृत्यु

झापाको भद्रपुर नगरपालिका–१० निवासी निगे राईको लडेर मृत्यु भएको छ । भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सडकबाट १० फिट अग्लो कल्भर्टबाट लड्दा उनको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । बिहान ८ बजे घरबाट हिँडेका उनी के कारणले कल्भर्टबाट लडेका हुन् कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया