‘जलवायु कोषको वित्त आकार बढाउनुपर्छ’

राम्रो अनलाइन     ०३ जेठ २०८२, शुक्रबार
‘जलवायु कोषको वित्त आकार बढाउनुपर्छ’ कोप–२९ को अध्यक्ष मुलुक अजरवैजानका राष्ट्रपतिका जलवायु विज्ञ,मुख्तार बाबायेव काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा मन्तव्य राख्नुहुँदै

काठमाडौँ–बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहका विशिष्ट वक्ताहरुले जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरुले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता हासिल नहुने उल्लेख गरे। 

समारोहमा जलवायु मुद्दामा अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनको न्यायका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताएका छन्। 

“जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि सार्वजनिक रकम परिचालन गर्नुपर्छ, जसले राज्यले भोग्नु परेको अपरिवर्तनीय क्षति र नोक्सानीको विकल्प जुटाउन सहयोग पुर्‍याउनेछ”, उनले भने, “विभिन्न धनी तथा विकासित राष्ट्रहरूले सन् २०३५ सम्म वार्षिक १ दशमलव ३ ट्रिलियन डलर जुटाउने स्पष्ट खाका प्रस्तुत गरिसकेका छन् । अब हाम्रो ध्यान कार्यान्वयनका लागि जोड दिनुपर्छ । कोप–२९ को अध्यक्षताका हैसियतले दाताहरूले गरेका वाचा पूरा गरुन् भनेर सक्रिय रहिरहनेछौँ । विभिन्न मुलुका सरकारलाई उत्तरदायी बनाउनेछौँ, ताकी उनीहरूले यो कार्यसूची कार्यान्वयनका लागि आवश्यक ३०० अर्ब अमेरिकी डलर परिचालन गर्न सकून् ।” 

विभिन्न अन्तरराष्ट्रिय जलवायु कोषको वित्त आकार बढाउनुपर्नेमा उनको जोड रहेको छ । ऊर्जा नीतिको पुनःमूल्याङ्कन गर्नुपर्ने र यसले हरित लगानीलाई अझ प्राथमिकता दिनसक्ने उनको भनाइ छ । 

प्रतिक्रिया