काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा–२ मा रास्वपाका रामविनोद यादव निर्वाचित भएका छन् ।
उनी ४१ हजार ६२७ मतसहित निर्वाचित भएका हुन् । यस्तै, कांग्रेसका दिनेशप्रसाद यादवले १० हजार १९८ मत प्राप्त गरे ।
एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ मत पाउँदा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत पाए ।