'अब तेस्रो जनआन्दोलन सुरु भयो'

राम्रो अनलाइन     १२ माघ २०७७, सोमबार
'अब तेस्रो जनआन्दोलन सुरु भयो'

वरिष्ठ पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए ।

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्मको मार्च कार्यक्रममा प्रहरी हस्तक्षेप गरेपपछि वाग्लेले तेस्रो जनआन्दोलनको उद्घोष गरेका हुन् । बालुवाटार नपुग्दै प्रहरीले रोकेको थियो ।

प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको थियो ।

प्रतिक्रिया