काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस, चिसो अझ बढ्ने

राम्रो अनलाइन     ०५ पुस २०८०, बिहिबार
काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस, चिसो अझ बढ्ने

काठमाडौँ– काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, ‘काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।’ 

काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया