प्रधानमन्त्री ओली पोखरामा

राम्रो अनलाइन     १७ फागुन २०७७, सोमबार
प्रधानमन्त्री ओली पोखरामा

गण्डकी, १७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आएका छन् । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरे ।
 
प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।

प्रतिक्रिया