रूस युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

राम्रो अनलाइन     ०१ पुस २०८०, आइतबार
रूस  युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं–  राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ ।

आयोगले एक विज्ञप्ती निकाल्दै केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

त्यस्तै मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोगले नेपाल सरकारलाई आयोगले आग्रह गरेको छ ।
 

 

 

प्रतिक्रिया