हेलिकोप्टरमा पाँचथरको चिवाभञ्ज्याङ पुगे ओली

राम्रो अनलाइन     ०१ पुस २०८०, आइतबार
हेलिकोप्टरमा पाँचथरको चिवाभञ्ज्याङ पुगे ओली

काठमाडौँ–  एमालेको झुलाघाट(चिवाभन्ज्याङ) मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टरमा चिवाभञ्ज्याङ पुगेका छन् ।

चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोतोलनपछि ओलीले सम्बोधन गरेर एमालेको संकल्प यात्रा औपचारिक रुपमा समापन हुँदैछ । गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन्। कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।
 

प्रतिक्रिया