निजगढमा राजमार्ग अवरुद्ध

राम्रो अनलाइन     ३० मंसिर २०८०, शनिबार
 निजगढमा राजमार्ग अवरुद्ध

बारा– बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा १ युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

 शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका(१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो । मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । 

प्रतिक्रिया