पूर्वगृहमन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

राम्रो अनलाइन     २८ मंसिर २०८०, बिहिबार
पूर्वगृहमन्त्री खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई छोड्न आदेश दिएको हो।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । उच्च अदालतको यो आदेश विरुद्ध खाँणले सर्वोच्च अदालतमा निवेदन दिन पाउछन् ।
 

प्रतिक्रिया