काठमाडौँ– साताको शेयर कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । आज कुल ४ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
हिजो १११ अंकले बढेको शेयर बजार आज फेरी ओरालो लागेको छ । आज १५ दशमलव ४० अंकले ओरालो लागेको शेयर बजार १९४८ दशमलव ५७ विन्दुमा पुगेको छ । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।