अभिनेत्री श्रेया दुलाल मोडल शिखा स्वरूप, बबिता शिखावतको महाराजा अग्रसेन इन्टरनेशनल फिल्म फेस्टिवलको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन् । महाराजा अग्रेसन इन्टरनेशनल फिल्म फेस्टिवलका संस्थापक, आयोजक तथा सञ्चारकर्मी गिरजा शंकर अग्रवालले नेपालकी अभिनेत्री दुलाललाई फेस्टिवलको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको जानकारी दिए । नेपाली फिल्म ‘शिशा’ बाट डेब्यु गरेकी श्रेयाले ‘धून’, थुप्रै म्युजिक भिडियो, व्यवसायिक विज्ञापनहरूमा अभिनय गरेकी छिन् ।

श्रेयाले भोजपुरी फिल्म ‘आभारा’, ‘परिन्दे’ ‘दे दे प्यार दे’ फिल्ममा अभिनय गरेकी छिन् । केही नर्थ इण्डियाका फिल्म र वेभ सिरिजमा काम गरेकी अभिनेत्रीले हिन्दी गीतको म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले सन् २०२१ मा भारतको लखनऊमा आयोजित नेशनल भोजपुरी सिने अवार्डमा बेस्ट अभिनेत्रीको अवार्ड पनि प्राप्त गरेकी थिइन् । उनले नेपाली र भोजपुरी फिल्ममा सँगसँगै काम गर्ने सोचाई रहेको बताइन् ।
