‘र्‍याम्पमा आत्मविश्वास बढ्छ’

जयन सुब्बा मानन्धर     १३ फागुन २०७७, बिहिबार
‘र्‍याम्पमा आत्मविश्वास बढ्छ’

मेरो घर बुटवल हो। त्यही जन्मेँ-हुर्किएँ। मोडलिङ क्षेत्रमा लाग्न काठमाडौँजस्तो सजिलो थिएन, बुटवलमा। तर, मलाई पहिलादेखि नै यसै क्षेत्रमा केही गर्छु भन्ने थियो। मैले आफ्नो सपना पूरा गरेरै छाडेँ। तर, मेरो करिअरको सुरुवात मोडलभन्दा पनि इभेन्ट अर्गनाइजरका रूपमा भएको थियो।

मैले एक्लैले त्यहाँ धेरै कार्यक्रम आयोजना गरेकी छु। त्यसका साथसाथै मोडलिङलाई पनि अघि बढाउँदै लगेँ। थुप्रै फेसन सोमा र्‍याम्पमा हिँडिसकेकी छु। र्‍याम्पमा क्याटवाक गर्दा अनौठो खालको अनुभूति हुन्छ। कोही–कोही मोडल र्‍याम्प वाक गर्दा नर्भस हुन्छन्। मेरो चाहिँ र्‍याम्पमा आत्मविश्वास बढ्छ। 

र्‍याम्प वाकबाहेक टेलिभिजन विज्ञापन, पेपर एडमा काम गरेकी छु। केही फेसन स्टोरका लागि सुट पनि गरिसकेकी छु। मेरो आफ्नै फेसन अनलाइन स्टोर पनि छ। बुटवलपछि अहिले काठमाडौँमा काम गरिरहेकी छु। उताभन्दा यहाँ काम गर्न गाह्रो छ भन्ने थाहा छ। काठमाडौँमा जम्ने प्रयास गरिरहेकी छु।

प्रतिक्रिया