काठमाडौँ– ‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट भएका छन् । राजधानीको मिनिष्ट्री बार एण्ड क्याफे गैरीधारामा आयोजित छनौट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन् । अडिसनमा ८० बढी युवा युवती सहभागिता थिए ।

माल्भिका सुब्बा (मिस नेपाल २००२ तथा मिडिया पर्सनालिटी), रवि धमला ) सिइओ– नेक्स्ट मोडल्स नेपाल), रोजिन शाक्य (इन्टरनेशनल कोरियोग्राफर), विबेक खड्गी र मोनिका अधिकारी (विजेता मोडल हन्ट नेपाल २०२२) लगायत निर्णायक रहेको छनौट चरणको अडिसन अझै बाँकी छ

प्रतियोगितामा सहभागीताका अझै फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको अडिसनमा छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा सहित फाइनल स्पर्धामा उतारिनेछ ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यटना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरूले महिलाहरूको हकहित संरक्षण, उनीहरूको सुरक्षाको प्रत्याभूति गराउनको साथै यस्ता प्रतियोगिताले दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।






