यस्तो छ भेनिस फिल्म फेस्टिभलमा सेलिब्रिटीको फेसन (तस्बिरहरू) 

एजेन्सी     १४ भदौ २०८०, बिहिबार
यस्तो छ भेनिस फिल्म फेस्टिभलमा सेलिब्रिटीको फेसन (तस्बिरहरू) 

 

काठमडौं–हलिउडमा चलिरहेको हड्तालबीच विश्व फिल्मको प्रतिष्ठित जमघट मानिने भेनिस फिल्म फेस्टिभल इटालीमा सुरु भएको छ । हड्तालको कारण ए(लिस्टर स्टार उपस्थित नभए पनि अन्य कलाकार र सुपरमोडलले रेडकार्पेटमा फेसनको जादू छरे । भेनिसको ८० औं संस्करण सेप्टेम्बर ९ सम्म चल्नेछ । लाइनअप हेर्दा यस वर्षको भेनिस आगामी ओस्कार अवार्डको दाबेदार प्लेटफर्मको रुपमा रहने देखिएको छ ।

हड्तालले पक्कै पनि ठूला फिल्म र स्टार भेनिसमा हुने छैनन् । यद्यपि, इन्डी फिल्मलाई सहभागिताको छुट भएकाले सोफिया कोपोला निर्देशित बहुप्रतीक्षित ‘प्रिस्किला’, एडम ड्राइभरको ‘फेरारी’, ल्युक बेसनको ‘डगम्यान’, जेसिका चेस्टनको ‘मेमोरी’ भेनिसमा प्रिमियर हुनेछन् । ‘द किलर्स’, माएस्ट्रो र पुअर थिंग्स पनि लाइनअपका बलिया दाबेदार हुन् ।

प्रिमियर र फिल्मबाहेक भेनिसको रेडकार्पेट फेसनको कारणले पनि चर्चामा आउँछ । यसपटकको भेनिस फिल्म मात्र नभएर फेसन र स्टाइलले पनि चर्चामा रह्यो । केही स्टारले भेनिसको पृष्ठभूमिमा सौन्दर्य पोखे ।

यस वर्षको भेनिसमा नेपालबाट ‘रेड सुटकेस’ फिल्म प्रिमियर हुनेछ । नेपाली समयानुसार भदौ २२ गते हुने रेडकार्पेट समारोहमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, निर्माता रामकृष्ण पोखरेल लगायत सहभागी हुनेछन् । उनीहरु आगामी मंगलबार इटाली जाने कार्यक्रम छ । सन् १९३२ मा स्थापना भएको भेनिसलाई विश्वकै सबैभन्दा पुरानो फिल्म फेस्टिभल मानिन्छ । 

प्रतिक्रिया