पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतको नयाँ दिल्ली जाने भएका छन् । 

उनी आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट स्वास्थ्यपचारका लागि नयाँ दिल्ली जान लागेका हुन् ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेको बताइएको छ । दिल्लीमा उनको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा हुनेछ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुने बताइएको छ। 

भारतमा हुँदा राजनीतिक भेटघाट हुने/नहुने बारे  भने खुलाइएको छैन ।

प्रतिक्रिया