२/ ४ सिटमा सिमित हुने प्रचण्डलाई मैले सिङजुरो होलिदिएपछि अहंकारी बने : प्रधानमन्त्री ओली

राम्रो अनलाइन     ०८ फागुन २०७७, शनिबार
२/ ४ सिटमा सिमित हुने प्रचण्डलाई मैले सिङजुरो होलिदिएपछि अहंकारी बने  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताएका छन् ।

बिराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताए ।

‘२/४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

त्यस्तो नहोस् भन्ने चाहेको भन्दै उनले अझै पनि र्फकन चाहे आउन आग्रह गरे । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँ फर्किने बाटोमा हुनुहुन्न, भिडबाट लडनेलाई राम भन्न सकिन्छ काध हाल्न सकिन्न ।’

प्रतिक्रिया