बलिउड अभिनेत्री जया बच्चनले सात वर्षपछि चलचित्रमा फर्किने निर्णय गरेकी छिन्। पछिल्लो समय राजनीतिमा बढी सक्रिय रहेकी उनी अब सात वर्षपछि चलचित्रमा अभिनय गर्न लागेकी हुन् ।
उनी मराठी चलचित्र मार्फत चलचित्र अभिनयमा फर्किन लागेकी हुन् ।
नाम गोप्य राखिएको चलचित्रलाई मराठी निर्देशक गजेन्द्र अहिरेले निर्देशन गर्नेछन् । उनले ‘शेवरी, अनुमति र द साइलेन्स बीइंग क्रिटिकल’ जस्ता ५० भन्दा बढी चलचित्रको निर्देशन गरिसकेका छन् । अब उनको चलचित्रमा जया बच्चन देखिन भएकी छिन् । यो चलचित्रको छायांकन २० दिनमा पूरा हुने बताइएको छ । पहिलो पटक मराठी चलचित्रमा अभिनय गर्न जया उत्साहित देखिएकी छिन् ।
उनी विवाहपछि थोरै मात्र चलचित्रमा काम गरेकी छिन् । विवाहपछि उनी ‘सिलसिला, कभी खुशी कभी गम, लागा चुनरी में दाग र कल हो न हो’ चलचित्रमा देखिएकी थिइन् । पछिल्लो पटक उनले २०१३ मा बाइलिंगुअल चलचित्र ‘सनग्लास’ मा नसीरुद्दीन शाहसँग काम गरेकी थिइन् । अब सात वर्षपछि उनी मराठी चलचित्रबाट अभिनयमा फर्किदै छिन् ।