गुल्मी–नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा लागेको खिया मेटाउनुपर्ने बताएका छन् । गुल्मीको तम्घासमा आयोजित मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन् ।
खिया लागेर भुत्ते भएका फलामलाई धारिलो बनाए मात्र प्रयोगमा आउने ओलीले बताए । ‘निरन्तर प्रयोग नगरेमा खुकुरीमा खिया लाग्छ, भुत्ते हुन्छ काट्दैन’ उनले भने, ‘एमालेमा लागेको खिया मेटाउनुपर्छ, धार लगाएर जनतामाझ जानुपर्छ ।’ अध्यक्ष ओलीले कार्यकर्ता हुँदै जनतामाझ जानको लागि एमालेले मिसन ग्रासरुट अभियान संचालन गरेको उल्लेख गरे ।