राष्ट्रपतिमा सघाउन राप्रपालाई पौडेलको आग्रह 

राम्रो अनलाइन     २२ फागुन २०७९, सोमबार
राष्ट्रपतिमा सघाउन राप्रपालाई पौडेलको आग्रह 

काठमाडौं– सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका थिए ।

श्रोतका अनुसार जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति चुनावका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । ‘२४ गते पार्टीको केन्द्रिय समितिको बैठक बोलाएको छौं,’ लिङदेनलाई उदृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावमा के गर्ने भनेर त्यही बैठकले निर्णय गर्ने छ ।’

कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्रसहितका १० दलको समर्थन छ । राप्रपाको कार्यालयमा पौडेलसहित माओवादी नेता शक्ति बस्नेत, लोसपाका नेता शरतसिंह भण्डारी लगाएत पुगेका थिए । नेकपा एमालेबाट भने सुवासचन्द्र नेम्बाङ उम्मेदवार बनेका छन् । राप्रपाले राष्ट्रपति चुनावमा के गर्ने भन्ने बारेमा अझै निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया