सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

राम्रो अनलाइन     २२ माघ २०७९, आइतबार
सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए । सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाए ।

लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताए । उनले भने, ‘गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२÷१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन कामका लागि जान्छु ।’

पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीतिचाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।
 

प्रतिक्रिया